रवि तिहार नसकिँदासम्म हिरासतमै रहने

२०८१ कात्तिक ८ गते

अदालतले ७ दिन म्याद थपेसँगै रास्वपा सभापति रवि तिहार नसकिँदासम्म हिरासतमै रहने छन् । अदालतको अनुसन्धानको लागि दिएको म्याद सकिँदा ५ दिन तिहारको सरकारी बिदा सुरु भइसक्ने भएकाले २० गतेसम्मै उनीहरु हिरासतमा रहनेछन् ।

सहकारीको रकम पनि गोर्खा मिडियामा गएको र रवि लामिछानेकै नामबाट पनि ऋण गएकाले थुनामै राखेर अनुसन्धान गर्न माग गरे । अप्रत्यक्ष रुपमा धेरै पैसा गोर्खा मिडियामा गएको हुन सक्ने भएकाले तथ्यप्रमाण मूल्यांकन बाँकी नै रहेको उनीहरुको भनाइ थियो ।

रविका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, हरिप्रसाद सुवेदी, अधिवक्ता डा. नारायण कँडेल, अधिवक्तासमेत रहेकी रास्वपा सांसद सोविता गौतम, पदमराज शर्मा, मधुकुमार चौलागाईंले बहस गरेका थिए । उनीहरुले रविलाई थुनिसकेपछि पत्ता लागेको नयाँ तथ्य भए पेश गर्न माग गरेका थिए ।

गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक तथा सञ्चालक रवि, पूर्व सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी र सूर्यदर्शन सहकारी तथा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)सँग मिलेर रकम अपचलन गरेको अभियोगमा लिला पछाइ थप सात दिन प्रहरी हिरासतमा रहने छन् ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ