ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालले दलित,अल्पसंख्यक,निम्न तथा विपन्न वर्गका लागि कम्बल तथा खाद्यान्न वितरण गरेको छ । उक्त कार्यक्रमकी संयोजक तथा महिला सदस्य निशा परियार भन्नु हुन्छ आज हामीले ३३ थान मात्र बितरण गर्न सफल भयौ बाँकी आईतवार पनि हामी वहाहरुको घरघरमा नै गई वितरण गर्नेछौ । हाम्रो सर्वेक्षणमा ७० जना दलित,अल्पसंख्यक,निम्न तथा विपन्न र जेष्ठ नागरिक रहनु भएकोछ । उक्त क्रममा वडाका पदाधिकारी तथा प्रतिनिधीहरु वडा नं. १५ मा रहेको वृदाश्रममा समेत पुगि खाद्यान्न तथा कम्बल वितरण गरेको थियो आश्रम सञ्चालकले वि.सं. २०५३ साल देखि बसोवास गरिराखेको भवन त्यतीबेला संस्था दर्ता प्रक्रिया पुरा नभएकोले व्यक्तिको नाममा राखिएको र हाल सम्म संस्थाको नाममा नामसारी नभएकोले वडाबाट पहल कदमीको माग राख्दा वडाअध्यक्ष शुरेस बहादुर शाही त्यसको लागि पुर्ण सहयोग गर्ने प्रतिवद्घता जनाऊनु भयो आज सम्म वहाहरुले हामीलाई खवर नै गराऊनु भएन आज हामी पुग्दा थाहा भयो । यस वडा .मा सञ्चालित एक मात्र वृद्घाश्रमका लागि वाहहरुबाट सहयोगको आशा गर्दा हामी आफ्नो तर्फबाट सहयोग गर्न तयार छौ ।





