नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।
१९ सदस्यीय पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो। केन्द्रीय निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतपरिणाम अनुसार, अध्यक्षको पदमा केपी शर्मा ओली पक्षका उम्मेदवारहरूको प्रभाव र वर्चस्व प्रकट भएको छ।
अध्यक्ष पदका लागि ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा थिए। दुई विभिन्न प्यानलका उम्मेदवारहरूले चुनाव लडेका थिए, जसमा अधिकांश उम्मेदवार ओली प्यानलबाट विजयी भएका छन्। पोखरेल प्यानलबाट उपमहासचिवका लागि योगेश भट्टराई र उपाध्यक्षका लागि गोकर्ण विष्ट मात्रै विजयी भएका छन्। सचिव पदका सबै उम्मेदवार भने ओली प्यानलबाटै निर्वाचित भएका छन्।
यस्तो बन्यो टिम :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
पृथ्वीसुब्बा गुरुङ
रामबहादुर थापा
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
छविलाल विश्वकर्मा
पद्मा अर्याल
शेरधन राई
हिक्मत कार्की
यामलाल कँडेल
खगराज अधिकारी
भानुभक्त ढकाल
डा. राजन भट्टराई



