नुभिव फाउण्डेशनको तेश्रो बार्षिक उत्सव बिषेश कार्यक्रम बिच सम्मपन्न भयो ।

नुभिव उप्रेतीको तेस्रो स्मृति दिवस विशेष कार्यक्रम बिच सम्पन्न
ललितपुर महानगरपालिका वडा नं. १५,नुभिव फाउण्डेसन तथा भिमा देवि मल्टि क्रियशन प्रा.लि. को आयोजना सम्मपन्न उक्त कार्यक्रममा २०७८।०१।०४ गते आज भन्दा तिनबर्ष अगाडी १८ बर्षिय नुभिव उप्रेतीको रहस्यमय तरिकाले हत्या गरिएको थियो लखटी लखेटी १ समुहले कुटेर मरनासन्न अवस्थामा पारेको सि.सि.टि.भि. फुटेज बाहिरिएपछी जिल्ला अदालत कास्कीले मनसाय पुर्वक हत्या भनि ३ जना अभियुक्तलाइ्र्र थुनामा राखेको तर गत बर्ष जाहेरवाला लाई सुचना नै नदिई ती अभियुक्तलाई छाडेको थियो । कलाकार र गायक कला समेतमा तल्लिन नुभिव १८ बर्षमै बिलक्षण प्रतिभाका समाजप्रेमी थिए । सेन्ट जेभियर्स स्कुलबाट १२ पास गरी आई.टी. पढ्न स्नातह भर्ना भएको तेश्रो दिनमै कलेजबाट फर्केनन् उनकै स्मृतिमा स्थापना गरिएको नुभिव फाउण्डेशनले नुभिवको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । उक्त कार्यक्रममा अनलाइन पत्रीकाको पनि औपचारिक रुपमा शुभारम्भ गरिएको छ।

ललितपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष सुरेश बहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निर्देशक एवम् वरिष्ठ कलाकार लय संग्रौला ,चलचित्र निर्माता संघका अध्यक्ष नरेन्द्र महर्जन,चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खडका,वरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठी,कानुन व्यवसायी एवम् टेलिभिजन कलाकर्मी संघका पुर्व अध्यक्ष कृष्ण ढुंगाना,प्रधानाध्यापक प्रेमपति जोशी,योगमाया बिश्वबिधालयका संयोजक भवेन्द्र अधिकारी,पर्यटन व्यवसायी डा. लेखनाथ भण्डारी,उप्रेती समाजका अध्यक्ष सोभित उप्रेती,लगाएत ललितपुर महानगरपालिका वडा नं १५ का सदस्य शशीकला आचार्य,वडा सदस्य बैकुण्ठ राउत,संचारकर्मी डब्बु क्षेत्री,चलचित्रकर्मी एवम् व्यवसायी गोबिन्द ढुंगाना,उप्रेती समाजका केन्द्रिय सदस्य सच्युत उप्रेती,हरि प्रसाद उप्रेती,नुभिव फाउन्डेसनका आजिवन सदस्य बासुदेव खनाल,समाजसेवी मैनाली,नुभिव फाउन्डेसनका कार्यकारी अध्यक्ष नुभिवा उप्रेती लगाएत अतिथिहरु गोमा खनाल,बिविका मैनाली,उमा महत,पारु सिटौला,शोभा धाख्वा,रमिला श्रेष्ठ,पबित्रा पोखरेल,अरुण,रुकेशआदीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार एवम् निर्देशन लय संग्रौलाले एउटा उदाउँदो कलाकार लाई किन मारियो भन्ने अहिले पनि रहस्यमय नै छ। हाम्रो देशमा कानुनी राज्य भएता पनि जनताले अहिलेसम्म त्यो आभाष नभएको बताएका छन् ।देशको मुख्य राजनीतिकर्मी नै आर्थिक अपचलन गरेर आफैं मुख्य जिम्मेवारीमा बसेकोले गर्दा आम नागरिक निराश हुन् पर्ने अवस्था सिर्जना भएको बताए ।

श्री बुद्घ सेकेन्डरीका प्रधान अध्यापक जोशीले यो बर्ष २ जना नानीहरुलाई यस फाउण्डेशनका माध्यमबाट जोडीएकोमा नुभिवको सपना साकार पार्न ती नानीहरुलाई सघाऊने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि कानुन व्यवसायी एवम् टेलिभिजन कलाकर्मी संघका पुर्व अध्यक्ष कृष्ण ढुंगानाले कलाकार मैनालीको छोरा नुभिव उप्रेतीको न्यायको लागि कलाकार संघ बाट बलियो न्यायको आवाज नआउनु दु:खद कुरा भएको बताए। उनले कलाकार संघ बाट अहिले पनि न्यायको लागि पहल कदमी चाल्न आवश्यक रहेको बताए।
कार्यक्रममा अर्का विशिष्ट अतिथि वरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठीले नुभिवको मुद्दा अहिले पुनरावेदनमा गइसकेको र त्यस बाट न्याय नभए सर्बोच्च सम्म गएर भएपनि मैले नुभिवको हत्यारालाई जन्मकैद सम्मको सजाय दिलाने प्रतिबद्धता जनाएका थिए। त्यस्तै चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खडकाले नुभिव उप्रेतीको न्यायको लागि कलाकार संघले थप पहल थाल्ने बताएका थिए।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ