नेपाल चलचित्र कलाकार संघले मिती २०८२ साउन २० गते नेपाल सरकार सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, चलचित्र विकास बोर्डका नव नियुक्त सदस्यज्यूहरु :
१) सन्तोषबाबु लोहनी
२) बिरेन्द्र प्रसाद भट्ट
३) गणेश सुवेदी
तथा केन्द्रीय चलचित्र जाँच समितिका नव नियुक्त सदस्यज्यूहरु
:१) सम्पन्न श्रेष्ठ
२) कुबेर राज गिरी
३) भीमा मैनाली
बधाई तथा शुभकामना कार्यक्रम किम्ची रेष्टुरेन्ट अनामनगरमा आयोजना गरी नव नियुक्त सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना सहित सम्मान पत्र प्रदान गरियो ।
साथै केही समय अगाडि नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको सम्मान कार्यक्रममा चलचित्र छायांकनका कारण कार्यक्रममा अनुपस्थित हुनु भएको चरित्र अभिनेत्री श्री गिता अधिकारीको सम्मान पत्र पनि सोही कार्यक्रममा वितरण गरिएको थियो ।




