नेपाली मूलका अस्ट्रेलियन प्रहरी विकाश भारतीलाई प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड

नेपाली मूलका अस्ट्रेलियन वरिष्ठ कन्स्टेबल विकाश भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गर्नुभएको छ। क्यानबेरामा आयोजित विशेष समारोहमा अस्ट्रेलियाको पुलिस फेडेरेसनले उहाँलाई यो सम्मान प्रदान गरेको हो। उहाँको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमा उहाँको प्रशंसा गर्नुभएको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस एरिया कमान्ड’मा कार्यरत भारती सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया जानुभएको हो। ५ अक्टोबर २०२५ मा सिड्नीको क्रोइडन पार्कमा भएको एउटा खतरनाक सार्वजनिक गोलीकाण्डका क्रममा उहाँ घटनास्थल पुग्ने पहिलो प्रहरी अधिकृत हुनुहुन्थ्यो। आफूमाथि गोली प्रहार भइरहेको अवस्थामा पनि उहाँले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते भएका एक सर्वसाधारणको उद्धार गर्नुभएको थियो।

पुरस्कार ग्रहण गर्दै भारतीले यस्तो सम्मान पाउने कल्पनासम्म नगरेको र यो आफ्नो लागि ठूलो गर्वको विषय भएको बताउनुभयो। प्रहरी सेवा व्यक्तिगत प्रयास मात्र नभई टोलीको सहकार्य हुने उल्लेख गर्दै उहाँले यो सम्मान सहकर्मीहरूसँग बाँड्न चाहेको व्यक्त गर्नुभयो। साथै प्रहरी कमिस्नर माल लानयोनले पनि भारतीले देखाएको असाधारण बहादुरीले जनताको रक्षा र सेवा गर्ने शपथलाई सार्थक बनाएको भन्दै प्रशंसा गर्नुभएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ