बागमती प्रदेश: दलका नेता जेएन थपलियालाई पदमुक्त गर्न सांसदहरूद्वारा अविश्वास प्रस्ताव दर्ता

हेटौँडा। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई दलको नेताबाट हटाउन माग गर्दै असन्तुष्ट पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। संसदीय दलभित्रको आन्तरिक असन्तुष्टि र विवादका बीच बहुमत सांसदहरूको हस्ताक्षरसहित उक्त प्रस्ताव दर्ता गरिएको हो।

संसदीय दलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले दलको कार्यालयमा औपचारिक रूपमा प्रस्ताव बुझाएका हुन्। थपलियाको नेतृत्वमा संसदीय दल प्रभावकारी बन्न नसकेको, महत्त्वपूर्ण निर्णयहरूमा सांसदहरूसँग समन्वय नगरिएको र सरकार तथा संसदमा पार्टीको भूमिका कमजोर भएको आरोप प्रस्तावमा लगाइएको छ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै एमाले बागमती प्रदेश संसदीय दलको बैठक डाक्नुपर्ने कानुनी तथा विधानगत व्यवस्था रहेको छ। अब बस्ने संसदीय दलको बैठकमा उक्त प्रस्तावमाथि छलफल र मतदान भई नयाँ दलको नेता चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ।

यस कदमले बागमती प्रदेश एमालेभित्रको आन्तरिक राजनीति र शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउने देखिएको छ। दलको नेता परिवर्तन भएमा प्रदेश सभा र प्रदेश सरकारभित्र एमालेको आगामी रणनीतिमा समेत प्रत्यक्ष असर पर्ने आकलन गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ